बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन ६ स्वास्थ्य प्रतिष्ठानसँग कार्यसम्पादन सम्झौता

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १४:५५

काठमाडौं । अस्पतालको सरसफाइदेखि शय्या उपलब्धता र उपचारका लागि हुने प्रतीक्षा समयसम्म सुधार गर्दै बिरामीलाई सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी छन् ।

मन्त्री मेहताले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सम्झौता गरेकी हुन् ।

सम्झौताअनुसार अस्पतालमा सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीलाई आवश्यकताअनुसार समयमै शय्या उपलब्ध गराउने र उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री, जिम्मेवार र बिरामीप्रति संवेदनशील बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउनुपर्नेमा मन्त्री मेहताले जोड दिएकी छन् ।

उनले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा उपचार पाउने वातावरण बनाउनुपर्ने बताइन्।

कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्य स्पष्ट पार्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा त्यसको प्रत्यक्ष अनुभूति सेवाग्राहीले गर्न सक्ने अपेक्षा गरिएको छ।

यसैगरी, मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि आर्थिक वर्ष २०८३/८४ का लागि १९ वटा संघीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

तपाइको प्रतिक्रिया
जनकपुरको ब्याटिङमा मोइनको चमक, काठमाण्डु पराजित
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति
विपद कोषको खर्च सार्वजनिक गर्न संसदीय समितिको जोड
 
सरकारी अनुदान मिलाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन ६ स्वास्थ्य प्रतिष्ठानसँग कार्यसम्पादन सम्झौता
निर्वाचन प्रहरीको पोसाक खरिदमाथि संसदीय छानबिन, कागजात सीसीटीभीको निगरानीमा
अर्कैको शवलाई छोरा ठानेर अन्त्येष्टि, मृतक भनिएका व्यक्ति घर फर्किए
एनपीएलः जनकपुरविरुद्ध काठमान्डुले टस जितेर रोज्यो ब्याटिङ
एनपीएलः जनकपुरविरुद्ध काठमान्डुले टस जितेर रोज्यो ब्याटिङ
पीसीसी बैठकअघि सातै प्रदेशका डीआईजी पनि काठमाडौंमा
भारतमा चक्रवातको कहर : सात जनाको ज्यान गयो, १ लाख ८० हजारभन्दा बढीको उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×