
काठमाडौं । नेपाल बार एसोसिएसनले इनम सापकोटाको ह्वाट्सएप सन्देश प्रकरणमा नाम जोडिएका न्यायाधीशबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।
एसोसिएसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो र चन्द्रप्रसाद काफ्ले तथा अधिवक्ता बाबुराम अर्याल सदस्य छन् । अर्याललाई सदस्य सचिवको जिम्मेवारीसमेत दिइएको छ ।
एक महिनाको समयसीमा पाएको समितिले आगामी २५ मंसिरमा धनगढीमा हुने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकअघि प्रतिवेदन बुझाउनेछ ।



















