पथरीशनिश्चरेमा ब्राउन सुगरसहित स्कुटर चालक पक्राउ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १७:५२
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर क्याम्पबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–१० का २९ वर्षीय रुपेश सार्की रहेका छन् । प्रहरीका अनुसार सोमबार राति करिब ९ः३० बजेतिर लागुऔषध सेवन तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सार्कीले चलाएको प्रदेश ३–०२–००२ प ३८८४ नम्बरको स्कुटर चेकजाँच गरेको थियो ।

जाँचका क्रममा स्कुटरको डिक्कीभित्र प्लास्टिकमा पोको पारेर राखिएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । तौल २ ग्राम रहेको छ ।

प्रहरीले लागुऔषध र स्कुटरसहित सार्कीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
डा. केसीका माग सम्बोधन गर्न सरकारको अनौपचारिक पहल, औपचारिक वार्ता अझै अन्योलमा
संविधान संशोधनदेखि संवैधानिक राजसंस्थासम्मका मागसहित जय नेपाल पार्टीले बुझायो आठ बुँदे माग
संविधान संशोधन र राजसंस्थासहित जय नेपाल पार्टीका आठ बुँदे माग
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
पथरीशनिश्चरेमा ब्राउन सुगरसहित स्कुटर चालक पक्राउ
लेटाङमा हार्डवेयर पसलमा काम गर्ने युवक चक्कु प्रहारबाट घाइते
विराटनगरमा सुनचाँदी पसलको झ्याल फुटाएर चोरी
पूर्वप्रधानमन्त्री र मन्त्री मुछिएको जग्गा प्रकरण : जनही ७३ करोड ४९ लाख बिगो दाबी
प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिने
ज्येष्ठ नागरिकको सुविधा पाएपछि कात्तिक २६ मा छुट्दै रायमाझी
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
फेरिचे हेलिकोप्टर दुर्घटनाको छानबिन हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.