
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन् ।
काठमाडौं जिल्ला अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउने भएपछि उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ ।
रायमाझीले ६५ वर्ष उमेर पूरा भएकाले ज्येष्ठ नागरिकले पाउने सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले बताए ।
रायमाझी कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदैछन् । ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेका व्यक्तिले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।

























