कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १३:४२
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ

सुर्खेत। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका ८ जना कैदीमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोलीले भागेका ८ जनामध्ये रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई मंगलबार पक्राउ गरेको हो। उनीहरू दुवै जनामाथि जबरजस्ती करणी मुद्दा चलिरहेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार नेपाली सेनाको चौरजहारी बेसक्याम्प र प्रहरी चौकी गोतामकोटको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू बोलेरो जिपमा यात्रा गरिरहेका बेला फेला परेका हुन् । भागेकामध्ये ६ जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

कात्तिक १४ गते राति डोल्पा कारागारबाट ४ मिटर सुरुङ खनेर ८ जना कैदी भागेका थिए । कारागारमा रहेका १७ जनामध्ये ८ जनाले आफू सुत्ने कोठाबाट पेरिमिटर वालसम्म भित्रभित्रै सुरुङ खनेका थिए ।

तपाइको प्रतिक्रिया
माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड बिगो माग दाबी
संसद् बैठक तत्काल बोलाउन आङ्देम्बेको माग
मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा स्वागत
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, विराटनगरको सार्वजनिक जग्गा छुट दर्ता प्रकरण
विराटनगरविरुद्ध जनकपुरले पहिले बलिङ गर्ने
कारागारबाट कैदी भागेको घटनामा केन्द्रीय टोलीको अनुसन्धान
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा भारतीय नागरिकको मृत्यु, तीन घाइते
युक्रेनमा रुसी बम आक्रमण, २६ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.