यस्तो छ विदेशी मुद्राको विनिमयदर

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार ०६:००
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा तथा युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा एवं स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २५ पैसा र बिक्रीदर ११ रुपैयाँ ३० पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ०७ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ५० पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.