बाँसको झ्याङभित्र लुकाइएको अवस्थामा पेस्तोल र म्याग्जिन बरामद

Share this
590shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार ०६:३१

झापा । झापाको दमकमा बाँसको झ्याङभित्र लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला परेको छ । दमक नगरपालिका–५ स्थित बाँसघारीबाट प्रहरीले म्याग्जिनसहितको एक थान पेस्तोल बरामद गरेको हो ।

‘स्वीप अपरेसन’मा खटिएको प्रहरी टोलीले नियमित खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिब ४ बजेतिर बाँसको झ्याङभित्र शंकास्पद वस्तु देखेपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा लुकाएर राखिएको पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन फेला परेको प्रहरीले जनाएको छ ।

बरामद हतियारको म्याग्जिनमा ‘मेड इन इटाली’ लेखिएको छ । प्रहरीले पेस्तोल नियन्त्रणमा लिएर कार्यालयमा लगेको छ ।

बाँसघारीमा कसले र किन हतियार लुकाएर राखेको थियो भन्ने खुलेको छैन । प्रहरीले हतियारको स्रोत, प्रयोगको सम्भावना र घटनासँग जोडिन सक्ने व्यक्तिहरूका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

उक्त पेस्तोल जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये हुन सक्ने आशंका गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.