
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयबारे संक्षिप्त टिप्पणी गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले ‘उहाँहरूले अह्राएको काम गर्छन् भनेर बनाएको होला’ भन्दै प्रतिक्रिया दिएका हुन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको पदबाट हटाएर विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

























