नेरूडे मिर्मिरे लघुवित्तको कार्यक्रममा ३६ जनाले गरे रक्तदान

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १८:५४

विराटनगर । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विराटनगरमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

संस्थाको कोशी प्रदेश कार्यालय र शाखा कार्यालय बरगाछीको संयुक्त आयोजनामा विराटनगरस्थित प्रदेश कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आयोजित कार्यक्रम बिहान ७ बजेदेखि सुरु भएको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारी, स्थानीय सर्वसाधारणसहित करिब ६० जनाको सहभागिता रहेको थियो । सहभागीमध्ये ३६ जनाले रक्तदान गरेका हुन् ।

संकलित ३६ पिन्ट रगत रक्तसञ्चार सेवा केन्द्रलाई उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

अस्पतालहरूमा रगतको अभाव हुन नदिन तथा रगत आवश्यक पर्ने बिरामीको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
महाधिवेशनमाथि प्रश्न उठाउनेलाई कांग्रेसको जवाफ : ‘भय र भ्रमको शासन बन्द गर’
तिहार र छठमा विद्युत् अवरोध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
तिहार र छठमा विद्युत् अवरोध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
प्रहरी नेतृत्व परिवर्तनबारे ओलीको टिप्पणी:  ‘ अह्राएको को काम गर्छन् भनेर बनाएको होला’
प्रहरी नेतृत्व परिवर्तनबारे ओलीको टिप्पणी:  ‘अह्राएको काम गर्छन् भनेर बनाएको होला’
बिर्तामोडमा तीन करोडको इलेक्ट्रोनिक्ससहित छ करोडको सम्पत्ति खरानी
नेरूडे मिर्मिरे लघुवित्तको कार्यक्रममा ३६ जनाले गरे रक्तदान
रात्रिकालीन व्यवसायको समय सीमा बढाउन होटेल व्यवसायीको माग
रात्रिकालीन व्यवसायको समय सीमा बढाउन होटेल व्यवसायीको माग
प्रहरी र नागरिकबीचको दूरी हटाउने आईजीपी केसीको प्रतिबद्धता
दसौँ राष्ट्रिय खेलकुद: कोशीमा क्रिकेट खेलाडी छनोट सुरु 
दसौँ राष्ट्रिय खेलकुद: कोशीमा क्रिकेट खेलाडी छनोट सुरु 
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा कविराज दाहालको उम्मेदवारी
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा कविराज दाहालको उम्मेदवारी
हेलिकोप्टर दुर्घटना छानबिन गर्न समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.