नयाँदिल्लीमा वायु प्रदूषणको स्तर अति गम्भीर

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १०:०५

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । विभिन्न क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४ सय नाघेपछि जनस्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको आईटीओ क्षेत्रमा एक्यूआई ४ सय २२ पुगेको थियो । त्यस्तै, जवाहरलाल नेहरू स्टेडियममा ४ सय २१ र नजफगढमा ४ सय १४ एक्यूआई रेकर्ड गरिएको छ । चाँदनी चोक क्षेत्रमा भने एक्यूआई ३ सय ९१ पुगेको छ ।

सीपीसीबीका अनुसार एक्यूआई ४ सय १ देखि ५ सय सम्म पुगेमा वायु गुणस्तरलाई ‘अति गम्भीर’ श्रेणीमा राखिन्छ । यस्तो प्रदूषित हावाले स्वस्थ व्यक्तिलाई समेत असर गर्न सक्छ भने पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरूमा गम्भीर प्रभाव पार्न सक्छ ।

त्यस्तै, एक्यूआई ३ सय १ देखि ४ सय सम्म हुँदा लामो समयसम्म त्यस्तो हावामा श्वास फेर्दा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने जोखिम हुन्छ । सीपीसीबीले एक्यूआई शून्यदेखि ५० सम्म हुँदा वायु गुणस्तरलाई राम्रो र ५१ देखि १ सय सम्मलाई सन्तोषजनक मान्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.