एल निनोको प्रभावले पूर्वी एसियामा शक्तिशाली आँधी र बाढीको जोखिम

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार ११:५०

एजेन्सी । प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढेसँगै विकसित भइरहेको एल निनो मौसमी प्रणालीले पूर्वी एसियामा शक्तिशाली आँधी र बाढीको जोखिम बढाएको छ । पछिल्ला केही महिनामा आएका लगातारका तुफानले फिलिपिन्स, ताइवान, चीन र जापानमा जनधनको क्षति पुर्‍याएका छन् ।

बीबीसीका अनुसार सन् २०२६ मा विकसित एल निनोका कारण यस क्षेत्रमा सामान्यभन्दा शक्तिशाली तुफान उत्पन्न भइरहेका छन् । दर्जनौँ मानिसको मृत्यु हुनुका साथै प्रमुख विमानस्थल बन्द गर्नुपर्ने अवस्था आएको छ । कृषि उत्पादन, सडक र अन्य पूर्वाधारमा समेत क्षति पुगेको छ ।

गत अक्टोबरमा आएको सुपर टाइफुन चम्पीले ताइवानसहित आसपासका क्षेत्रमा ठूलो जोखिम निम्त्याएको थियो । प्रतिघण्टा २९५ किलोमिटरको गतिमा हावा चलेको यो पाँचौँ श्रेणीको शक्तिशाली आँधीसरह थियो । ताइवानमा प्रत्यक्ष प्रवेश नगरे पनि यसले भारी वर्षा गराएको थियो । हङकङ, ताइवान र जापानमा सयौँ उडान रद्द भएका थिए भने जापानको ओकिनावा क्षेत्रमा १५ हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।

यसअघि जुनमा जापानतर्फ एकैपटक दुई शक्तिशाली तुफान अघि बढेपछि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । जुलाईमा आएको ट्रपिकल स्टर्म नाराले चीनको दक्षिणी क्षेत्रमा बाढी निम्त्याएको थियो भने अगस्टमा आएको सुपर टाइफुन डल्फिनले पूर्वी चीनमा बाढी र मानवीय क्षति पुर्‍याएको थियो ।

जापानको मौसम विज्ञान निकायले निगरानी गर्ने भूमध्यरेखीय प्रशान्त क्षेत्रमा गत महिना समुद्री सतहको तापक्रम सामान्यभन्दा चार डिग्री सेल्सियस बढी पुगेको थियो । सन् १९४९ देखि अभिलेख राख्न थालिएयताकै यो उच्च तापक्रम हो ।

फिलिपिन्सको राष्ट्रिय मौसम विभागकी जलवायु विज्ञ आना लिजा सोलिसले प्रशान्त महासागरलाई ‘ज्वरोले तातेको शरीर’ सँग तुलना गरेकी छन् । महासागरमा सञ्चित अतिरिक्त तापले थप शक्तिशाली तुफान उत्पन्न गराउन सक्ने उनको भनाइ छ ।

जलवायु विज्ञ राफाएला जेन डेल्फिनो र उनको टोलीको अध्ययनअनुसार तापक्रम बढ्दा फिलिपिन्समा आउने शक्तिशाली तुफानबाट हुने कुल वर्षा २६ प्रतिशतसम्म बढ्न सक्छ । यसले बाढीको जोखिम थप गम्भीर बनाउने देखिएको छ ।

सम्भावित विपद् सामना गर्न जापान, चीन र फिलिपिन्सले पूर्वतयारी तीव्र बनाएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले भने एल निनोको प्रभाव न्यूनीकरण गर्न सरकारले तत्कालै दीर्घकालीन तयारी गर्नुपर्नेमा जोड दिएको छ । सडक, बस्ती, जल व्यवस्थापन र सामाजिक सुरक्षासम्बन्धी पूर्वयोजनाले विपद्का बेला समुदायको सुरक्षा निर्धारण गर्ने यूएनडीपीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.