सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घट्यो

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १०:५१
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा घटेर शुक्रबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार २६७ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.