१७ अर्ब डलरका पूर्वाधार परियोजना सम्मेलनमा प्रस्तुत गरिने

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १५:२२

काठमाडौं । नेपालमा पूर्वाधार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित आगामी डिसेम्बर ९ र १० गते आयोजना हुने तेस्रो नेपाल पूर्वाधार सम्मेलन–२०२६ मा करिब १७ अर्ब अमेरिकी डलर बराबरका परियोजना प्रस्तुत गरिने भएको छ।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा विभिन्न क्षेत्रका महत्त्वपूर्ण पूर्वाधार परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरिनेछ।

काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमार्फत लगानीका सम्भावनासँगै नेपालमा भएका कानुनी तथा नीतिगत सुधारसमेत प्रस्तुत गरिने जानकारी दिए।

उनका अनुसार लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा कानुनको मस्यौदा तयार गरिसकेको छ।

सम्मेलनमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहित निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलनले पूर्वाधार विकासमा लगानी विस्तार तथा सार्वजनिक–निजी साझेदारीका नयाँ सम्भावना पहिचान गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.