विशेष अदालतमा ४२ कानुन व्यवसायी निःशुल्क कानुनी सेवाका लागि सूचीकृत

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १६:२४

काठमाडौं । विशेष अदालत काठमाडौंले स्वेच्छिक निःशुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न ४२ जना कानुन व्यवसायीलाई सूचीकृत गरेको छ ।

अदालतको शुक्रबार बसेको बैठकले उक्त सेवाका लागि कानुन व्यवसायीहरू सूचीकृत गर्ने निर्णय गरेको हो ।

सूचीकृत कानुन व्यवसायीले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका र कानुनी सहायता लिन असमर्थ पक्षलाई निःशुल्क सेवा दिन सक्नेछन् । न्यायमा समान र सहज पहुँच सुनिश्चित गर्न तथा असमर्थ पक्षको कानुनी हकहित संरक्षण गर्न यस्तो सेवा उपलब्ध गराइएको अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.