न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १५:२६

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा उनले न्यायाधीशको मुख्य जिम्मेवारी न्यायिक निरूपण गर्नु भएको बताए ।

जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्ताव संवैधानिक व्यवस्था र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरीत हुने उनको तर्क छ । ‘न्यायाधीश भनेको रेफ्री हो, खेलाडी होइन । रेफ्रीलाई खेलाडी बनाउने काम गर्नु हुँदैन’, मिश्रले भने ।

न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारी दिन नमिल्ने भन्दै उनले यस्तो प्रस्ताव नेपाल बारले स्वीकार नगर्ने स्पष्ट पारे । मिश्रका अनुसार न्यायाधीशले पक्षहरूले पेस गरेका तथ्य, प्रमाण र कानुनका आधारमा निष्पक्ष निर्णय गर्नुपर्छ । मेलमिलापको जिम्मेवारी दिँदा न्यायिक निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.