युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण दिने कोशी सरकारको तयारी

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:०२

संखुवासभा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले युवालाई स्वदेशमै उद्यमशील बनाउन र रोजगारीका अवसर सिर्जना गर्न सरकारले करिब आठ अर्ब रुपैयाँ बराबरको कार्यक्रम अघि सारेको बताएका छन् ।

खाँदबारीमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले चालु आर्थिक वर्षको बजेटमार्फत प्रदेशमै काम गर्न चाहने युवालाई लक्षित गरी कार्यक्रम ल्याइएको जानकारी दिए । साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सरकारको योजना रहेको उनले बताए ।

युवालाई आफ्नै प्रदेशमा उद्यम गर्न प्रेरित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने सरकारको लक्ष्य रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।

“अब परिवेश फरक छ र यसका पछाडि केही अन्य कारण पनि छन् । हामीले चालु आर्थिक वर्षका लागि बजेट ल्याएका छौँ । नीतिगत रूपमा पनि बजेटमार्फत धेरै महत्त्वपूर्ण कार्यक्रम र योजना अघि सारेका छौँ”, उनले भने ।

प्रदेश सरकारको विकास बजेट र स्रोतसाधन सीमित भएकाले चाहेजति विकास निर्माणका काम गर्न नसकिएको मुख्यमन्त्री कार्कीले बताए । विगतका वर्षमा सडक सञ्जाल विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै विकासका आधार तयार गरिएको उनको भनाइ छ ।

उनले विभिन्न नीतिगत सुधार गर्दै सुशासनको प्रत्याभूति गराउने दिशामा पनि सरकार निरन्तर अघि बढिरहेको बताए । कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राखेर आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम, कला र संस्कृतिको संरक्षणमा जोड
दुई तिहाइको दम्भमा सरकार प्रश्न गर्नेहरूलाई लखेट्दै छ : संग्रौला
‘अदालतका फैसला सर्वसाधारणले बुझ्ने हुनुपर्छ’
धरानमा बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनामाथि अनुसन्धान
तिहार : धनकुटाका फूल किसानलाई चटारो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.