दुई तिहाइको दम्भमा सरकार प्रश्न गर्नेहरूलाई लखेट्दै छ : संग्रौला

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:४४

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाउँदै प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काम गरिरहेको आरोप लगाएकी छन् । सरकार सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिइन् ।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा बोल्दै संग्रौलाले मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन् ।

मुलुकका विकराल समस्या एकातिर थन्क्याएर लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा पार्टीविरुद्ध राज्यशक्ति प्रयोग भइरहेको भन्दै उनले आपत्ति जनाइन् । सरकारको कामकारबाहीमाथि प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने प्रवृत्ति लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

सरकारले दुई तिहाइको दम्भमा लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गरिरहेको आरोप लगाउँदै उनले यस्ता गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने बताइन् । त्यसविरुद्ध पार्टी सडकमा उत्रिन बाध्य हुने उनको चेतावनी थियो ।

संग्रौलाले शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै प्रमुख गन्तव्य बन्ने क्रम बढेको पनि बताइन् । युवालाई स्वदेशमै भविष्य देखाउन सरकारले आवश्यक काम गर्न नसकेको उनको आरोप थियो ।

नेपाली कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने बताउँदै उनले पार्टीभित्र सुरु भएको परिवर्तनको अभियानले कांग्रेसलाई युवामय बनाएको उल्लेख गरिन् । अब राष्ट्रको नेतृत्व युवाले गर्ने समय आएको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता किरणबाबु श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीमा नयाँ उत्साह थपेको बताए । २०१७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसमाथि धरपकड र पार्टी समाप्त पार्ने प्रयास भए पनि निरन्तर संघर्षकै कारण २०४६ सालमा प्रजातन्त्र स्थापना भएको उनले स्मरण गरे ।

तपाइको प्रतिक्रिया
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.