
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन शनिबार सुरु भएको छ ।
राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा पूर्वसभापति देउवाले अधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटनअघि बटुकहरूले स्वस्तिवाचन गरेका थिए । अधिवेशनको उद्घाटनका लागि देउवा पक्षका नेता तथा कार्यकर्ताले विभिन्न सांस्कृतिक झाँकीसहित र्याली निकालेका थिए ।
उद्घाटन सत्रमा देउवासहित १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेताहरू डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत सहभागी छन् ।

























