प्रतीकात्मक तस्बिरवीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको ज्यान गएको छ ।
पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीमा सोमबार बिहान पटका पड्काउने क्रममा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा शरीरमा आगो लागेको थियो । आगोले जलेर बेहोस भएका बालकलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























