
काठमाडौं । देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, सर्लाहीबाट २६, धनुषाबाट १८ तथा ललितपुर र काभ्रेपलाञ्चोकबाट ११–११ जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट करिब २५ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

























