मोरङको सुधार केन्द्रमा उपचाररत २३ वर्षीय युवक फरार

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १७:४९

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुधार केन्द्रमा उपचाररत एक युवक फरार भएका छन् ।

सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको आरम्भ सुधार केन्द्रमा उपचाररत बेलबारी नगरपालिका–११ का २३ वर्षीय सेसेहाङ लिम्बू फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ बजेतिर सुधार केन्द्रको कम्पाउन्डबाट कर्मचारीको आँखा छलेर गेट खोली लिम्बू फरार भएका थिए ।

उनी फरार भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको टोलीले खोजतलास सुरु गरेको छ । फरार लिम्बूको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट ५ इन्च, मझौला शरीर, छोटो कालो कपाल र अनुहारमा कोठी रहेको प्रहरीले जनाएको छ ।

फरार हुँदा उनले रातो कट्टु र सेतो भेस्ट लगाएका थिए । उनलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.