चाडपर्वले बढाउँछन् आपसी सद्भाव र विश्वास : लामिछाने

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ११:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै लामिछानेले नेपाली चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

विविधताबीचको राष्ट्रिय एकता नेपाली पहिचान र संस्कृतिसँग जोडिएका चाडपर्वले अझ बलियो र सुमधुर बनाउने उनको भनाइ छ ।

उनले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् भन्ने कामनासमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.