प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १०:०४

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गरेका छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी रुस गएका हुन् ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस प्रस्थान गरेका छन् ।

सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । सम्मेलनमा विभिन्न देशका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.