
झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको शिवसताक्षीमा एक जना युवक पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगन्जको प्रहरी टोलीले सोरेनलाई मंसिर २ गते बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका सोरेनमाथि घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























