साइबर ठगीको उजुरी १२४७ मा गर्न सकिने

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार ०९:११

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीका घटनाबारे उजुरी दिनका लागि १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता ठगीका घटनालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ ।

उक्त केन्द्र २४सै घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा स्थापना गरिएको हो । सर्वसाधारणले १२४७ नम्बरको हटलाइनमा फोन गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन सक्नेछन् ।

राष्ट्र बैङ्कले ठगीमा परेका व्यक्तिलाई तत्काल उक्त नम्बरमा सम्पर्क गरी केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । यसका साथै, ठगीमा परेको खण्डमा आफ्नो बैङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो बैङ्क खाता तथा डिजिटल वालेट सुरक्षित राख्न पहल गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.