सुनसरीको बराहक्षेत्रमा आजदेखि मेला

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार ०९:२१

सुनसरी । प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा शुक्रबारदेखि कात्तिके मेला सुरु भएको छ । सप्तकोशी नदी र कोकाह खोलाको संगमस्थलमा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म मेला सञ्चालन हुनेछ ।

मेलामा नेपालका विभिन्न जिल्लासँगै भारत, भुटान र बंगलादेशबाट समेत दर्शनार्थी आउने गरेका छन् । दर्शनार्थीको व्यवस्थापन र सुरक्षाका लागि बराहक्षेत्र नगरपालिका, बृहत्तर बराहक्षेत्र विकास समिति, प्रहरी प्रशासन तथा स्थानीय व्यवसायीको सहभागितामा समिति गठन गरिएको छ ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल समिति र विभिन्न उपसमिति गठन गरी मेला व्यवस्थापन गरिएको छ। मंसिर ८ गतेसम्म सञ्चालन हुने मेलामा छिमेकी देशबाट समेत दर्शनार्थी आउने भएकाले उनीहरूको सुविधालाई ध्यानमा राखेर व्यवस्थापन मिलाइएको कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.