
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख २० हजार ८ सय ५० रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य २ हजार ८ सय ५९ रुपैयाँ तोकिएको छ।

























