चार सय किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ 

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १५:०६

काठमाडौं । चितवनबाट प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय कन्टेनर गाडीको फल्स बटम बनाएर लुकाइछिपाई ल्याइएको गाँजासहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको संयुक्त  टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ भारतीय नम्बरको कन्टेनरबाट गाँजा बरामद गरेको हो ।

जाँचका क्रममा कन्टेनरको चालक सिट पछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला चर्खाजेका २४ वर्षीय सत्यम कुमार र सहचालक वैशाली जिल्लाकै बाबन घाटका २० वर्षीय रौनक कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध गाँजाको ओसारपसार तथा कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.