
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
एनपीएलको इतिहासमा सुदूरपश्चिम र लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा आमनेसामने भएका छन् । दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
यसपटक सुदूरपश्चिम अघिल्लो संस्करणको हारको बदला लिँदै पहिलो उपाधि जित्ने लक्ष्यमा छ भने लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने दाउमा छ ।

























