एनपीएल फाइनल: लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १८:५४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए। ३१ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले पनि ३१ बलमा २ चौकासहित ३० रनको योगदान दिए।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र थारिन्दु रत्नायकेले समान १ विकेट हात पारे।

अब एनपीएलको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको लुम्बिनीलाई रोक्दै पहिलो पटक उपाधि जित्न सुदूरपश्चिमले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.