६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी 

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार ०७:०४
६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी 

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार एसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार मोरङमा दिलीपकुमार गिरी र उदयपुरमा धर्मराज भण्डारीलाई खटाइएको छ। त्यस्तै, सुनसरीमा यसअघि काज सरुवा भएका पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ। मोरङका कवित कटवाल नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

सरुवाअनुसार बारामा कुमार विक्रम थापा, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको छ।

दाङमा श्यामु अर्याललाई खटाइएको छ भने पर्सामा यसअघि काज सरुवा भएका पवनकुमार भट्टराईको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी 
६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी 
अधिकांश क्षेत्रमा मौसम सफा रहने, हिमाली क्षेत्रमा आंशिक बदली
राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दर 
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दर 
दशौँ राष्ट्रिय खेलकुद: विभागीय टोलीको सुखद् सुरुआत
कोशीलाई हराउँदै महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत
ठगी प्रकरणमा पूर्वमन्त्रीसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
निःशुल्क शिक्षा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट
रेखाको ह्याट्रिकसँगै पुलिस ६–० ले विजयी, झापा गोल्डकपको सेमिफाइनलमा
विराट एक्स्पो अब व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरहने
जथाभावी एन्टिबायोटिक प्रयोगले स्वास्थ्य जोखिम : मन्त्री पराजुली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.