रंगेलीमा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ०९:२५

विराटनगर । मोरङको रंगेलीमा ११ हजार भोल्टको विद्युत् तारबाट करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ।

रंगेली नगरपालिका–५ बगुवानका अभय सरदार आफ्नै निर्माणाधीन एकतले घरको छतमा पानी हाल्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घरको छेउमै रहेको ११ हजार भोल्टको विद्युत् तारबाट करेन्ट लागेका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा बिहान ८ः३० बजेतिर चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी दिएका थिए।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.