पुरुष फुटबलमा आर्मीको दोस्रो जित

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार १९:०८

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ। शुक्रबार दिउँसो भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो ।

सुर्खेत रङ्गशालामा भएको खेलमा आर्मीका लागि लकेन लिम्बू र नवयुग श्रेष्ठले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औँ मिनेटमा लकेनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा नवयुगले गोल गरेपछि आर्मीले २–० को जित पक्का गरेको हो ।

जितसँगै आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.