फाेटाे: फायलविराटनगर । मोरङको जहदाबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका–१ लंका टोलबाट भारततर्फ लैजाँदै गरेको १० किलो १५० ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) मधुमल्लाको टोलीले बिहीबार राति १०ः५० बजेतिर गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि गाँजा फालेर गाँजा कारोबारी फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। फरार भइरहेको खोजी भइरहेको छ।
बरामद गाँजा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























