२८ समस्याग्रस्त सहकारीको जग्गा लिलाम हुँदै

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ०९:४१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २८ वटा समस्याग्रस्त सहकारी संस्थाको जग्गा लिलाम बिक्री गर्न ३५ दिने सूचना जारी गरेको छ । समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै जग्गा बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

समितिका अनुसार लिलाम प्रक्रियामा रहेका सहकारीमध्ये २० वटा सिन्धुलीका छन् । यस्तै, गोरखाका तीन, सिन्धुपाल्चोकका दुई, चितवनका दुई र ललितपुरको एउटा सहकारीको जग्गा लिलाम गर्न लागिएको छ ।

सरकारले समस्याग्रस्त घोषित सहकारीको चल तथा अचल सम्पत्ति बिक्री गरी शेयरधनी र बचतकर्ताको रकम फिर्ता गर्ने नीति लिएको छ । समितिले ऋण नतिर्ने सदस्य, जमानीकर्ता तथा सञ्चालकलाई पटक–पटक दायित्व फरफारक गर्न सूचना जारी गरे पनि अटेर गरेपछि जग्गा लिलामको प्रक्रिया अघि बढाएको जनाएको छ ।

ऋणीबाट असुल गर्नुपर्ने साँवा, ब्याज र हर्जानासहितको रकम उठाउन ती सहकारीका नाममा दर्ता रहेका जग्गा लिलाम गर्न लागिएको समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.