
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यसको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ थियो ।



















