लागुपदार्थसहित सुनसरीको बराहक्षेत्रमा दुई जना पक्राउ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार १०:३५

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ राजधामी चोकबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बिहीबार राति ११ः५५ बजे राजधामी चोकस्थित सुदिप राजधामीको घरमा लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले उनको कोठामा खानतलासी गरेको थियो ।

त्यस क्रममा २० वर्षीय सुदिप राजधामी र २९ वर्षीय अर्जुन मगरातीको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.