भोटेकोशीमा ठूलो रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार १४:०४

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको नेपाली तथा चिनियाँ मुद्रासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १६ लाख ६ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआन बरामद गरेको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कोदारीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालित टोलीले काठमाडौँतर्फ आउँदै गरेको बा ५३ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको थियो ।

प्रहरीले रकमको स्रोत खुलाउन नसकेपछि गाडीमा सवार दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.