गौरादहमा ट्याक्टर दुर्घटना: १ जनाको मृत्यु, ४ जना घाइते

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १०:५९

झापा । झापाको गौरादह नगरपालिका–५ चान्दुखोलास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। शनिबार राति करिब १०:३० बजे बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टरमा सवार गौरादह नगरपालिका–७ का ३५ वर्षीय महमत माजिमको मृत्यु भएको छ। शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि दमक अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले उनको शव सोही अस्पतालमा राखिएको छ।

सोही दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा गौरादह–७ का ४९ वर्षीय सत्य नारायण राजवंशी, २३ वर्षीय संजित ऋषीदेव, २३ वर्षीय अभिजुल मिया र ३४ वर्षीय केलु मिया रहेका छन्। घाइतेमध्ये अभिजुल मियाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ। उनीहरूको दमक अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालक गौरादह–७ का ३८ वर्षीय यम प्रसाद राजवंशी भने दुर्घटनालगत्तै फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.