दाहालको निधनमा कांग्रेसले भोलि देशभरका पार्टी कार्यालय बन्द गर्ने

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार ११:४३

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वप्रवक्ता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै कांग्रेसले भोलि (पुस २७ गते) देशभरका आफ्ना सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको छ। शनिबार बिहान सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ। ८४ वर्षीय दाहालको शुक्रबार काठमाडौँको मैतीदेवीस्थित निवासमा निधन भएको थियो।

दाहालको निधनको शोकमा १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने र १३ औँ दिनमा उनको गृहजिल्ला ओखलढुङ्गामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ। दाहाल वि.सं. २०५६ को निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।

राजनीतिसँगै पत्रकारितामा समेत सक्रिय दाहाल नेपाल पत्रकार महासङ्घका पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष थिए। कांग्रेसले उनको निधनबाट पार्टी र मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.