प्रतिनिधिसभा निर्वाचन: ५४ दिन बाँकी, माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १२:२२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब ५४ दिन बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्वाचनको हालसम्मको प्रगतिबारे विस्तृत जानकारी गराएका छन्। भेटका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापन र सुरक्षा तयारीबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन्।

आचारसंहिता लागू भएपछि सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने गतिविधि र राजनीतिक दलहरूको भूमिकाबारे आयोगले स्पष्ट पारेको छ। ‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिताको पूर्ण पालना अनिवार्य छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने। आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा र बजेट लगायतका सबै प्रबन्ध मिलाउन सरकार प्रतिबद्ध रहेको बताउँदै आयोगको तयारीप्रति सन्तोष व्यक्त गरेकी छन्। निर्वाचन कार्यतालिका अनुसार अबको केही दिनमै प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन लगायतका प्रक्रियाहरू समेत सुरु हुनेछन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.