सामाजिक सञ्जालमाथि निर्वाचन लक्षित कडा निगरानी, एआई प्रयोग गरेर दुष्प्रचार गर्न नपाइने

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ०६:१५

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले सामाजिक सञ्जालमाथि कडा निगरानी गर्न थालेको छ ।

आयोगले सामाजिक सञ्जाललाई समेत कडाइका साथ आचारसंहिताको दायरामा ल्याएको हो । आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ आयोगले सामाजिक सञ्जालमार्फत हुने गतिविधिलाई नियन्त्रणमा राख्ने व्यवस्था गरेको छ ।

आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न, नक्कली साइट खोल्न वा योजनाबद्ध रूपमा सामग्री उत्पादन र प्रसारण गर्न पाइने छैन । आचारसंहितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि किसिमका गतिविधि निषेध गरिएको छ ।

कसैलाई होच्याउने, बदनाम गर्ने, झुटा आरोप लगाउने वा दुष्प्रचार गर्ने सामग्री सामाजिक सञ्जालमा राख्न, सेयर गर्न वा फैलाउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ । भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने, द्वेषपूर्ण भाषण गर्न वा यस्ता सामग्री उत्पादन तथा प्रचारप्रसार गर्नसमेत आचारसंहिताले रोक लगाएको छ ।

कुनै प्रयोजनका लागि प्रकाशित वा प्रसारित सामग्रीलाई तोडमोड गरेर निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्नसमेत निषेध गरिएको आयोगले जनाएको छ । त्यसैगरी, निर्वाचनको विश्वसनीयता, आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा आँच पुर्‍याउने गरी आधारहीन आरोप लगाउन नपाइने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ ।

कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने किसिमका सामग्री उत्पादन गर्ने वा त्यस्ता सामग्री कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न नपाइने स्पष्ट गरिएको छ । मतदाता र मतदाताको गोपनीयता भंग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने कुनै पनि गतिविधि गर्न नपाइने आयोगको चेतावनी छ । आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता औपचारिक रूपमा लागू गर्दैछ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.