निर्वाचन सुरक्षामा कुनै कमी हुँदैन: आयोग

Share this
815shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १९:२६

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताले पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण रहेको स्पष्ट पारेको छ ।

सुरक्षाकै कारण निर्वाचन प्रक्रियामा कुनै पनि किसिमको अवरोध नआउने आयोगको दाबी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको सुरक्षालाई लिएर राजनीतिक दल वा उम्मेदवारले जनतासँग मत माग्न नपाउने र मतदाताले निर्भय रूपमा मतदान गर्न नपाउने अवस्था नरहेको बताए ।

उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकायले समन्वयात्मक रूपमा काम गरिरहेका छन् । प्रवक्ता भट्टराईले नेपाल सरकारले निर्वाचन सुरक्षाका लागि आवश्यक स्रोत, साधन र जनशक्ति उपलब्ध गराइसकेको पनि स्पष्ट पारे ।

सुरक्षा व्यवस्थामा कुनै कमजोरी नहोस् भन्ने उद्देश्यले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको उनले बताए । ‘राजनीतिक दल, उम्मेदवार वा उनीहरूका पक्षधरहरूले आफ्ना विचार र कार्यक्रम मतदातासम्म निर्भयतापूर्वक पुर्‍याउन सक्ने अवस्था छ,’ उनले भने, ‘सुरक्षाकै कारण मतदातासमक्ष जान नसक्ने वा प्रचारप्रसार गर्न नपाउने परिस्थिति छैन । यसका लागि सुरक्षा निकायहरू चनाखो भएर लागिरहेका छन् ।’

निर्वाचन आयोगले सबै पक्षलाई ढुक्क भएर निर्वाचन गतिविधिमा संलग्न हुन आह्वान गर्दै मतदातालाई पनि कुनै डर वा दबाब बिना मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । आयोगका अनुसार सुरक्षित वातावरण नै स्वतन्त्र र निष्पक्ष निर्वाचनको आधार भएकाले यसमा कुनै सम्झौता हुने छैन ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.