जिप दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार ११:४८

बैतडी । बैतडीको पाटन नगरपालिका–८ साँडीघाटीमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप बिहान साढे १० बजेतिर जय पृथ्वी राजमार्गमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनामा परी ज्यान गुमाउने ३ जनाको हालसम्म सनाखत हुन सकेको छैन।
घाइतेहरूको उद्धार जारी

जिपमा सवार अन्य यात्रुहरू सबै घाइते भएका छन्। घाइतेहरूको सङ्ख्या अझै यकिन भइनसकेको र घटनास्थलमा प्रहरी तथा स्थानीयले उद्धार कार्य जारी राखेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ भने प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.