कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, ८८ वर्षीय प्रतिनिधिले गरे अध्यक्षता

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १२:००

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र सोमबार ढिलो गरी सुरु भएको छ। बिहान १० बजेका लागि तय गरिएको बन्दसत्र महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया नसकिएका कारण केही समय पछि सरेको हो।

प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार प्रतिनिधिहरूको नाम दर्ता गर्ने क्रम बाँकी रहेकाले पूर्वनिर्धारित समयमा बन्दसत्र सुरु हुन सकेन। बन्दसत्रको अध्यक्षता ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्यामकुमार खड्काले गरेका छन्। उनलाई बन्दसत्रको अध्यक्षको जिम्मेवारी दिने निर्णय आयोजक समितिले गरेको हो। बन्दसत्र सञ्चालनको जिम्मा भने कास्की कांग्रेसका सभापति किशोरदत्त बराललाई दिइएको छ।

आजको बन्दसत्रमा विशेष महाधिवेशनको कार्यविधि पारित गरिने र त्यसपछि नीतिगत तथा साङ्गठनिक प्रतिवेदनहरू पेस हुने कार्यतालिका छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बोलाइएको यो महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको दाबी गरिएको छ। विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्वका सन्दर्भमा गर्ने निर्णयलाई नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.