इन्जिनियर श्रेष्ठको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १२:११

काठमाडौँ । सिँचाइ विभागका पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा यो मुद्दाको सुनुवाइ हुँदैछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठले सार्वजनिक पदमा रहँदा सरकारी संरचना निर्माणका क्रममा ठेकेदारहरूसँग मिलेर कमिसन लिएको र गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ। उनको ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सो बराबरको बिगो जफत गर्न माग गरेको छ।

श्रेष्ठले गैरकानुनी रूपमा आर्जित सम्पत्ति परिवारका सदस्यका नाममा लुकाएको अख्तियारको अभियोग छ। सोही आधारमा उनकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारको अनुसन्धान अनुसार श्रेष्ठले २०७७ सालको माघ महिनासम्म तलब, पारिश्रमिक, कम्पनी मुनाफा, कृषि आय र सेयर बिक्रीलगायतका स्रोतबाट ११ करोड २५ लाख ६५ हजार रुपैयाँभन्दा बढी आय आर्जन गरेको देखाएका थिए। तर, सो आय र उनको वास्तविक खर्च तथा लगानीबीच ठूलो अन्तर देखिएपछि अख्तियारले मुद्दा चलाएको हो।

आजको सुनुवाइपछि विशेष अदालतले यो मुद्दामा के कस्तो आदेश वा फैसला गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.