मेयरलाई कैद र जरिबाना

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार ०६:१९

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख (मेयर) रामपुकार साह घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार उनलाई कैद र जरिबानाको सजाय सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले नगरप्रमुख साहले सेवाग्राहीसँग घुस लिएको ठहर गर्दै फैसला गरेको छ । अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम उनलाई १ एक लाख रुपैयाँ जरिबाना तथा सोही दफाको उपदफा (२) अनुसार ६ महिनाको कैद सजाय सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई गत असार ३२ गते नगरपालिकाको कार्यालय परिसरबाटै घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

घुस प्रकरण कल्याणपुर नगरपालिका–६ मा सञ्चालन गरिएको नाला निर्माण योजनासँग सम्बन्धित रहेको अख्तियारको आरोप थियो । योजनाको काम सम्पन्न भइसकेपछि भुक्तानीका लागि चेक उपलब्ध गराउने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग नगरप्रमुख साहले घुस लिएको अभियोग लगाइएको थियो ।

सोही आधारमा अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो । यसै प्रकरणमा अख्तियारले पछि बयान फेरेको आरोप लगाउँदै उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि मुद्दा दर्ता गर्यो ।

अख्तियारले गत मंसिर २६ गते उनीविरुद्ध छुट्टै भ्रष्टाचार मुद्दा दायर गरेको भए पनि विशेष अदालतले जसोदालाई सफाइ दिएको छ । अदालतले उनको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण पेशसहुन नसकेको ठहर गर्दै आरोपमुक्त गरेको हो ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.