
झापा । झापामा सर्पले डसेर १ जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–६ सोनापुरका ३७ वर्षीय बुद्धिकुमार राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शौचालय जाने क्रममा सोमबार सर्पले टोकेपछि राजवशंलाई उपचारका लागि दमकस्थित नेपाल रेडक्रस उपशाखा हुँदै विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
राजवंशीलाई कुन प्रजातिको सर्पले टोकेको हो भनेर यकिन छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























