५५ वर्षमा पिता बने पूर्व मुख्यमन्त्री शेरधन राई

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १३:४७

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव शेरधन राई पिता बनेका छन्। उनकी धर्मपत्नी जाङ्मु शेर्पाले सोमबार ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्। ५५ वर्षको उमेरमा पिता बनेका राईको सन्तानको प्रसूति चिकित्सकहरूले शल्यक्रिया (सिजरियन) मार्फत गराएका थिए।

सन्तान प्राप्तिको खुसी साट्दै नेता राईले २०८२ साल पुस २८ गते सोमबारको दिनलाई आफ्नो जीवनकै विशेष र अविस्मरणीय दिनका रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो खुसी बाँड्दै उनले लेखेका छन्, ‘हाम्रो परिवारमा पहिलो सन्तानको रूपमा छोराको आगमन भएको छ। यो व्यक्तिगत र पारिवारिक खुसीसँगै मलाई देश, समाज र भावी पुस्ताप्रति अझ गहिरो जिम्मेवारीबोधका साथ काम गर्न प्रेरित गरेको छ।’

राईको परिवारमा पहिलो सन्तानको आगमन भएपछि यतिबेला उनी र उनको परिवारलाई बधाई दिनेहरूको ओइरो लागेको छ। उनका शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्। पूर्व मुख्यमन्त्री राईका मामली भाइ मिलन राईका अनुसार यो खुसीको खबरले राजनीतिक वृत्तमा समेत खुसीयाली छाएको छ। राईले यस सुखद अवसरमा शुभकामना दिने सबैप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.