तामाको तार बिक्री प्रकरणमा ४ जनाविरुद्ध मुद्दा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १७:५९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रमा रहेको तामाको तार बिक्री गरेर हिनामिना गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन केन्द्र प्रमुखसहित कर्मचारी र सुरक्षागार्डको मिलेमतोमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको ठहर गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारले पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह र तत्कालीन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्लेविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

उनीहरूसँगै कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि, काठमाडौंमा कार्यरत सुरक्षागार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजाललाई पनि प्रतिवादी बनाइएको छ । आयोगका अनुसार प्रतिवादी चारै जनाविरुद्ध जनही १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अनुसन्धानबाट पोखरा वितरण केन्द्रमा रहेको करिब ९ सय मिटर तामाको तार आपसी मिलेमतोमा बाहिर बिक्री गरी प्राधिकरणलाई उक्त बराबरको आर्थिक क्षति पुर्‍याइएको निष्कर्ष निकालिएको छ । यो प्रकरणको सुरुआत पोखरा वितरण केन्द्रमा परेको उजुरीबाट भएको थियो ।

केन्द्रअन्तर्गत कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट तामाको तार हराएको भन्दै वितरण केन्द्रका स्टोर प्रमुखले कार्यालय प्रमुखसमक्ष निवेदन दिएका थिए । निवेदनमा स्टोरमा मौज्दात देखाइएको तार वास्तविक रूपमा नदेखिएको उल्लेख गरिएको थियो ।

उक्त विषयलाई गम्भीर रूपमा लिएर पोखरा वितरण केन्द्रले आन्तरिक छानबिन समिति समेत गठन गरेको थियो । तर, छानबिनकै क्रममा केन्द्र प्रमुखसहित सम्बन्धित कर्मचारी र सुरक्षागार्डको संलग्नतामा तामाको तार अवैध रूपमा बिक्री गरिएको तथ्य बाहिर आएको अख्तियारको ठहर छ ।

आयोगका अनुसार हराएको भनिएको तार व्यवस्थापकीय कमजोरीका कारण नभई योजनाबद्ध रूपमा बाहिर लगेर बिक्री गरिएको प्रमाण भेटिएको हो । अख्तियारले सार्वजनिक संस्थामा कार्यरत पदाधिकारीले आफ्नो जिम्मेवारी विपरीत गई प्राधिकरणको सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै यसलाई गम्भीर भ्रष्टाचारको घटना मानेको छ ।

मुद्दा विशेष अदालतमा दर्ता भएसँगै अब अदालतबाट कानुनी परीक्षण हुने छ । यस घटनाले नेपाल विद्युत प्राधिकरणभित्रको भौतिक सम्पत्तिको सुरक्षा, आन्तरिक नियन्त्रण प्रणाली र कर्मचारी उत्तरदायित्वमाथि पुनः प्रश्न उठाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.